साउदी सरकारले कोरोना महामारी अवधिभर संकटमा परेका रोजगारदातालाई श्रमिकसँग गरिएको करार सम्झौतालाई अस्थायी रूपमा तोड्न पाउने नीति जारी गरेको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदीको श्रम कानुनको दफा नम्बर ४१ को कार्यान्वयनमा रोक लगाउँदै रोजगारदातालाई फाइदा पुग्ने नयाँ नीति ल्याएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
निजी क्षेत्रको रोजगारदाताको हितका लागि भन्दै साउदीले रोजगारदातालाई कुल जनशक्तिको ७० प्रतिशत बेरोजगार श्रमिकको सूची ‘सनिद’ बिमा कार्यक्रममा पेस गर्न पाउनेसमेत व्यवस्था मिलाएको छ । रोजगारदातालाई श्रमिकको कार्यघण्टा घटाई तलब कटौती गर्न, बेतलबी बिदामा राख्न र वार्षिक बिदामा राख्न पाउनेसमेत छुट दिइएको साउदी गजेटमा उल्लेख छ । साउदीमा झन्डै ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । कोरोना भाइरस नियन्त्रण गर्न साउदीमा लकडाउन गरेपछि सेवा क्षेत्रमा आबद्ध कम्पनीहरू बढी प्रभावित भएको थियो । जसले गर्दा हजारौं नेपालीले रोजगारी गुमाएका थियो ।



JUNGLE






from the
city



तलब कटौतीमा परेका ठूलो संख्यामा रहेका नेपाली श्रमिकले अझै साउदी छाडिनसकेको नेपाली दूतावासले जनाएको छ । साउदीले डिसेम्बरको १७ तारिखबाट कोरोनाविरुद्धको खोप लगाउन थालेपछि स्वदेश नफर्केको नेपाली श्रमिक रोजगारी पाउने आशामा बसिरहेका छन् । साउदीले प्राथमिकताका आधारमा खोप सेवा उपलब्ध गराएको नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए ।