साओमीको नयाँ स्मार्टफोन रेड्मी नोट टेन चाँडै सार्वजनिक हुने जानकारी लिक भएको छ । एम २००७ जे १७ सी मोडल नम्बरबाट यो स्मार्टफोन स्पोट गरिएको छ । फोनमा १०८ मेगापिक्सेलको मेन क्यामेरा हुनेछ भने साथमा म्याक्रो क्यामेराको आशा गरिएको छ । यो रेड्मी ब्राण्डको पहिलो स्मार्टफोन हुनेछ, जसमा हाइ रेजोलुसन सेन्सर रहनेछ । लिक भएको रिपोर्टमा दाबी गरिए अनुसार यो रेड्मी स्मार्टफोन यसै महिना चीनमा सार्वजनिक हुनसक्छ । त्यसपछि अन्य देशमा यो फोन आउने बताइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
चीनको सामाजिक सञ्जाल वाइबोमा यो फोनका सबै विवरण सार्वजनिक गरिएका छन् । यो लिक रिपोर्टमा रेड्मी नोट टेन स्मार्टफोन गत सेप्टेम्बरमा सार्वजनिक भएको मि टेन लाइटको रिब्राण्डेड भर्सन हुनेछ । यसमा यस अघि सार्वजनिक यही सिरिजको रेड्मी नोट नाइनमा जस्तै चार वटा क्यामेरा भएको क्वाड क्यामेरा सेटअप हुनेछ ।
Advertisements



JUNGLE






from the
city


