साओमीको स्मार्टफोन रेड्मी के४० सार्वजनिक, यस्ता छन् फिचरहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

साओमीले रेड्मी के सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन रेड्मी के४० सार्वजनिक गरेको छ । चीनमा आयोजना भइरहेको मोबाइल वर्ल्ड कंग्रेस २०२१ को अवसरमा कम्पनीले नयाँ लाइनप बजारमा ल्याएको हो । यो सिरिज अन्तर्गत के४०, के४० प्रो र के४० प्रो प्लस गरी तीन भेरियन्ट उपलब्ध भएको छ । कम्पनीले यो सिरिजमा उत्कृष्ट कार्यक्षमता रहेको दाबी गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

के४० (बेसिक भर्सन) मिड रेन्जको फोन हो । जसको बजार मूल्य ३ सय १० डलर रहेको छ । त्यस्तै प्रो र प्लस भर्सन कम्पनीको हाई–इन्ड फोनको रुपमा आएको छ । जसमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ । त्यस्तै के४० बेसिक भर्सनमा स्न्यापड्रागन ८७० चिपसेट प्रयोग गरिएको छ । एन्ड्रोइड ११ मा आधारित फोनमा ६.७ इन्चको १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ । त्यमध्ये रेड्मी के४० मा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा सोनीको ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै ८ मेगा पिक्सेलको अल्ट्रा वाइड र ५ मेगा पिक्सेलको टेलिफोटो लेन्स रहेको छ । जसमार्फत फोरके भिडियो खिच्न सकिन्छ । त्यस्तै रेड्मी के४० प्रो र रेडमी के४० प्रो प्लसमा क्रमशस् ६४ र १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सेटअप रहेको छ । दुवैमा ८ मेगा पिक्सेलको अल्ट्रा वाइड र ५ मेगा पिक्सेलको टेलिफोटो लेन्स रहेको छ । फोनमा २० मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ । के४० सिरिजका फोनमा ४५२० एमएएचको ब्याट्री छ । भने, फास्ट चार्जिङका लागि ३३ वाटको चार्जिङ सर्पोट उपलब्ध रहेको छ ।

उक्त फोनमध्ये रेड्मी के४० स्मार्टफोन ६, ८ र १२ जीबी गरी तिन फकर र्याम भेरियन्टमा आएको फोनमा १२८ र २५६ जीबी रोम रहेको छ । भने, रेडमी के४० प्रो ६ जीब र ८ जीबी र्याम र १२८ र २५६ जिबी रोम भेरियन्टमा आएको छ । त्यस्तै रेडमी के ४० प्रो प्लस १२ जिबी र्याम र २५६ जीबीमा मात्रै उपलब्ध भएको छ । यसका साथै रेड्मीले उक्त फोनको खरिदमा विभिन्न गेमिङ एक्सेसरिज समेत उपलब्ध गराउने छ । त्यमध्ये रेड्मी के४० को चिनियाँ बजार मूल्य १९९९ यूआनबाट सुरु भएर २६९९ यूआनसम्म रहेको छ ।

यसको अर्थ उक्त फोनको नेपाली बजार मूल्य ४५ हजारबाट सुरु भएर ६० हजारसम्म पर्नेछ । भने, रेडमी के४० प्रो र रेडमी के४० प्रो प्लस ५५ हजारदेखि ७० हजार नेपाली मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु