साओमीले सस्तो मूल्यमा फाइभजी स्मार्टफोन उपलब्ध गराउने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले सस्तो मूल्यमा फाइभजी स्मार्टफोन उपलब्ध गराउने तयारी गरेको छ । हालै बाहिरिएको एक जानकारी अनुसार कम्पनीले रेडमी नोट नाइन र नोट नाइन प्रोको फाइभ जी भेरियन्ट ल्याउने तयारी गरिरहेको छ । फाइभजी प्रविधिमा आधारित यी दुवै फोनको मूल्य अनुमान गरेभन्दा धेरै सस्तो हुने बताइएको छ । नोटबुक चेकमा प्रकाशित एक समाचार अनुसार नोट नाइन फाइभजीको मूल्य मात्र एक हजार चिनियाँ युआन (नेपाली १७ हजार ९ सय रूपैयाँ) र नोट नाइन प्रोको मूल्य १५०० चिनियाँ युआन (नेपाली २६ हजार ९ सय रूपैयाँ) बाट सुरू हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व बजारमा सार्वजनिक गर्नुपूर्व कम्पनीले यी फोन चिनियाँ बजारमा उपलब्ध गराउने बताइएको छ । ‘टिना लिस्टङ’ का अनुसार प्रो भर्सनको पछाडि चारओटा क्यामेरा रहनेछ । जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहनेछ । यो फोन १०८ मेगापिक्सेल भएको पहिलो रेडमी फोन समेत हुनेछ । ६.६७ इन्चको डिस्प्लेका साथ आउने उक्त फोनमा २२.५ वार्टको चार्जिङ सिस्टम रहने उल्लेख गरिएको छ । साथै ५ हजार एमएएचको शक्तिशाली ब्याट्री समेत हुनेछ । त्यस्तै रेड्मी नोट नाइन फाइभजीमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । ४/६४, ६/१२८ र ८/२५६ जीबी भेरियन्टमा यो फोन उपलब्ध हुनेछ । कम्पनीले यी फोन डिसेम्बर महिनाको अन्त्यतिर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु