काठमाडौँ । हालको नेपाली राजनीतिको क्षेत्रमा नया वैकल्पिक शक्ति बताउने साझा पार्टीले भक्तपुरमा कोरोना भाइरसको महामारी र यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको कारण अभावमा बाँचिरहेका ब्यक्तिहरुलाइ खाना खुवाउने अभियान शुरु गरेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सरकारमाथि राहत वितरणका लागि सकारात्मक दबाब सृजना गर्ने उद्धेश्य सहित साझा पार्टी भक्तपुरले राहतको अपेक्षा गरेका नागरिकहरूका लागि आइतवारदेखि एकहप्ते खाना वितरण कार्यक्रम शुरु गरेको हो । हरेक दिन विहान १० देखी ११ बजेसम्म र बेलुका ५ देखी ६ बजेसम्मको अवधिमा खाना खुवाउने कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।
Advertisements



JUNGLE






from the
city



च्यामासिँङ्ग, कमलबिनायक, सुर्यबिनायक, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, पुरानो ठिमी क्षेत्रमा खाना खुवाउने कार्यक्रम चलाइएको हो । यो अभियानमा साथ दिन चाहनेहरुले पोस्टरमा दिइएका नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।