झापा । झापामा साथीको नाममा कंलकित ब्यबहार गर्ने एक युवालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । झापाका गोमन सिंह गमरको हत्यामा संलग्न मनकुमार लिम्बुलाइ प्रहरीले शनिवार विहान सार्वंजनिक गरेको हो । उनीहरु दुवै मिल्ने साथी रहेको अनुसन्धानबाट खुलेको छ । तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बु एक्लैले आफ्नै साथी मगरको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
१७ भदौमा झापाको शिवसताक्षी नगरपालिका– ११ स्थित सताक्षीधाम जाने भित्री सडकको किनारमा गोमनको शव घाटी काटिएको अवस्थामा फेला परेको थियो । शव फेला परेलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट कुकुर झिकाई अभियुक्तको खोजी गरिएको थियो । हत्याकै दिन लिम्बुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानलाई असहज हुने भन्दै सार्वजनिक गरेको थिएन । लिम्बुलाई ३ दिनदेखि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको थियो ।



JUNGLE






from the
city



अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार भदौ १६ गते अन्दाजी ६ः३० बजेको समयमा नयाँ नम्बरबाट फोन गरेर भेट्न बोलाएक थिए ।बेलुकाको हावा खाई फ्रेस हुन जाऔं भन्दै गोमनले चलाएको मोटरसाइकलमा चढेर उनीहरु सताक्षी धाम मन्दीरतर्फ गएको अनुसन्धानबाट खुलेको छ । त्यही क्रममा मोटरसाइकल स्लो गर्न लगाएर पछाडिबाट छुराले घाँटी रेटेर हत्या गरेको लिम्बूले प्रहरीसमक्ष स्वीकार गरेको बताइएको छ । घाँटी रेटेपछि गोमन भुइँमा लडेको र त्यसपछि उनको शवसहित मोटरसाइकललाई कसैले नदेखोस भनेर केही पर लगी बाटो सडकदेखि पूर्वपट्टी जंगलमा लगेर फालिदिएको हत्याराले स्विकार गरेका छन् । हत्याको कारण लेनदेन रहेको बुझिएको छ ।