सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

सामसङको बजारमा आउने तयारीमा रहेको अर्को फ्ल्यागसिप मोडल ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनका विषयमा स्मार्टफोन पारखीहरूबीच चर्चा चलिरहेको छ । कोभिड १९ को महामारीका बाबजुद सामसङले एकपछि अर्को नयाँ प्रडक्ट ल्याइरहेको छ । यही सेप्टेम्बर २३ मा सामसङको अनप्याक्ड भर्चअल प्रिजेन्टेशन हुँदैछ । ‘प्रत्येक फ्यानका लागि ग्यालेक्सी अनप्याक्ड’ शीर्षकमा हुने यो इभेन्टमा सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एप्पलको आईफोन इलाभेन र वान प्लस एटलाई कडा टक्कर दिन सामसङले यो फोन ल्याएको विश्लेषण गरिएको छ। फाइभजी भेरियन्टमा आउने ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनमा क्वालकमको फ्ल्यागसिप स्न्यापड्रागन ८६५ प्रोसेसर रहेको छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सहित ४५ सय एमएएचको ब्याट्री रहेको छ । साथमा यसमा वायरलेस चार्जिङ सपोर्ट र आईपी६८ वाटर रेसिस्टान्स रहेको छ । क्यामेराको कुरा गर्दा फोनको पछाडि तीनवटा क्यामेरा सेटअप छ । यसअन्तर्गत १२ मेगापिक्सेलको मुख्य सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ८ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फोनमा यसमा १२० हर्ज डिस्प्ले र तर यसको मूल्यका बारेमा जानकारी दिइएको छैन । यो फोन रेड, डार्क ब्लु, पिंक र मिन्ट ग्रिन कलरका फोन आउने जनाइएको छ । तुलनात्मक रूपमा थोरै मूल्यमा उपलब्ध हुने यो फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६।५ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । फोनको दाँयापट्टि फिङ्गरप्रिन्ट स्क्यानर हरको छ । फोनको मूल्य त इभेन्टकै दौरान मात्र सार्वजनिक हुनेछ । यसका लागि हामीले प्रतिक्षा गर्नैपर्छ । तर यो ग्यालेक्सी एस ट्वान्टीभन्दा सस्तो चैं पक्का हुनेछ । यसको मूल्य ७८ हजार रूपैयाँभन्दा माथि हुने विश्लेषण गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु