सामीले वैदेशिक रोजगारीमा जान चाहनेरुको लागि खान बस्नसहित निःशुल्क सीपमुलक तालिम दिँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहनेरुको लागि खान बस्नसहित निःशुल्क सीपमुलक तालिम सिकाउन लागेको छ । डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका निस्शुल्क तालिम दिन लागेको हो । गार्मेन्ट तालिम सिकेर जोर्डन जानको लागि लगानी नलाग्ने सामीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१९ देखि ३५ वर्ष उमेरसमुहका पुरुष र १९ देखि ३० वर्ष उमेर समुहका महिला तालिममा सहभागी हुन सक्नेछन् । यस्तै सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता तोकिएको छ । काठमाण्डौ धनुषा र झापाका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिने सामीले जनाएको छ । केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा रहेकाले समयमै आवेदन भरेर आफ्नो सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सीप सिकेर विदेश जाँदा भनेको काम सजिलै पाइन्छ र काम गर्दा दुःख हुँदैन । कमाइ पनि राम्रो हुन्छ । विभिन्न प्रकारका ठगीबाट पनि बच्न सकिन्छ । त्यसैले नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले निस्शुल्क रुपमा यस्ता तालिम दिदै आएको छ । तालिम सम्बन्धी थप जानकारीको लागि ९८४०२४८९३४ मा सम्पर्क गरेर बुझ्न सकिने सामीले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु