सार्वजनिक गाडीमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको ट्राफिक प्रहरीले अनुगमन गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

श्रावण ८, काठमाण्डौ । कतिपय सार्वजनिक गाडीका चालक र सहचालकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड नमानेका यात्रुले गुनासो गरेका छन् ।
सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेका, भौतिक दूरी कायम नगरेका र यात्रु उभ्याएर पनि राखेका गुनासो गरेका हुन् ।
यी गुनासा नआउन भन्नका लागि अनुगमन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ गरेको छ । झण्डै चार महिनाको लकडाउन हटेपछि उपत्यकाको सडकमा निजी तथा सार्वजनिक गाडीको चाप बढेको छ।
चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम पालनामा कडाइ गर्न थालेको हो । लकडाउन अन्त्य भए पनि कोभिड-१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।
टोलीले सार्वजनिक गाडीमा व्यक्तिगत दूरी कायम गरेरनगरेको, चालक र यात्रुले मास्क लगाएरनलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार उपत्यकाका २९ ठाउँमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बस बिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक गाडीको अनुगमन गरिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु