सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेटको व्यवस्था

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

सरकारले विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गरको छ । भदौ १९ को मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आउँदो असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तर्गत विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट दिने विषय उल्लेख छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा भनिएको छ । यस्तो डेटा तथा इन्टरनेट शैक्षिक प्रयोजनका लागि मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । यो निर्देशिका आउँदो असोज १ गतेबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय र सरोकारवालालाई पत्राचार गरिसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

निर्देशिका कार्यान्वयनका लागि जारी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तीन वटै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु