

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीका लागि आफ्नो अफर स्पष्ट गरेको छ ।



JUNGLE






from the
city



सिटीले बार्सिलोनालाई मेसीका लागि सय मिलियन युरोसहित तीन खेलाडी दिने अफर गरेको स्पेनिस मिडियाले दाबि गरेका छन् । सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ ।
गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउमा लैजान यस अघि पनि प्रयास गरिरहेकाले सिटीले मेसीको अफरमा जिससलाई पनि समावेश गरिदिएको बताइएको छ ।
मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ । विभिन्न मिडियाहरु केहि खेल पत्रकारको हवाला दिएर मेसीले बार्सिलोनासँगको सम्बन्धका बारेमा केहि समयमा नै सार्बजनिक रुपमा आफ्नो पक्ष आफ्ना फ्यानहरु समक्ष राख्ने दाबि गरिएको छ ।
यसैबीच स्पेनमा बार्सिलोनाका अध्यक्ष जेसेप मारियाले मेसीले सार्बजनिक रुपमा आफुसँग समस्या भएका कारणले बार्सिलोना छोड्न खोजेको बताएमा आफुले राजीनामा गर्न प्रस्ताव गरेको समेत बताइएको छ ।
मेसीको समग्र प्रकरणका बीच अहिलेसम्म मेसीले बार्सिलोना छोड्ने सम्भावना बढी भएको र जाने क्लब म्यानचेस्टर सिटी लगभग तय नै भएको दाबि विभिन्न मिडिया रिपोर्टमा गरिएको छ ।