सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुल्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको थियो ।
सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो । शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।
पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियो । आइतबार सडक खुलेको तीन घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताए । झण्डै तीन सय मिटर माथिबाट खसेको पहिरोको अवशेष सडकको माथिल्लो भागमा अझै रहेकाले उक्त पहिरोको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु