सिन्धुपाल्चोक पहिरो अपडेट : एकजनाको मृत्यु, १६ जना बेपत्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले बताए । हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ । घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको डिआईजी लामाले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’ यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् । ‘यकिन विवरण आउन बाँकी छ’ उपमेयर पाख्रिनले भनिन्–‘हामी घटनास्थल जाँदै छौं ।’ लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् । यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु