सिपिएल अन्तर्गत जमैका तल्लावह सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित

क्यारेवियन प्रिमियर लिग, सन्दीप लामिछाने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह फेरी पराजित भएको छ । सेमिफाइनलमा पुगिसकेको जमैका समुह चरणको आफ्नो अन्तिम खेलमा सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो । गएराती सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछाएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि जमैका ११ रनले पराजित भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रतियोगितामा जमैकाको यो छैठौ हार हो । यस खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन सहित २० रन दिएर एक विकेट लिएका थिए । सन्दीपले ३२ रन बनाएर खेलिरहेका रहकीम कोर्नवेललाई बोल्ड आउट गरेका थिए । यो संगै सन्दीपले यस सिजनको सिपिएलमा १० खेलका ९ इनिंगमा १२ विकट लिएका छन् । सन्दीप धेरै विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

योसँगै सिपिएलका लिग चरणका खेलहरु सकिएका छन् । अब पहिलो सेमिफाइनलमा ट्रीनबागो नाइट राइडर्स र जमैका तल्लावह खेल्ने छन् । उनीहरुबीच सेप्टेम्बर ८ अर्थात आगामी मंगलबार खेल हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्स खेल्ने छन् । जुन खेल सेप्टेम्बर ९ अर्थात बुधबार बिहान हुने छ । सिपिएलको फाइनल भने विहिबार साँझ हुने छ । त्यस्तै सिपिएलबाट डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्रीडेन्टस र सेन्ट किट्स एण्ड नेभिस सेमिफाइनलमा नपुग्दै बाहिरिएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु