सिपिएल : जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित

क्यारेवियन प्रिमियर लिग, सन्दीप लामिछाने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

क्यारेबियन प्रिमियर लिग (सिपिएल) को गएराती सम्पन्न भएको खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित भएको छ । जमैकाले दिएको १६२ रनको लक्ष्य पछाएको बार्बाडोसले १८।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए । नेपाली बलर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट आउट भइसकेको छ । गत सिजनको विजेता बार्बाडोस यो जितसँगै यस सिजनको सिपिएलबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ भएर बाहिरिएको छ । त्यस्तै जमैकाको भने पाँचौ हार हो । ९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका ७ अंकसहित चौथो स्थानमा छ भने जमैका सेमिफाइनलमा पुगिसकेको छ ।

जमैकाले अब अन्तिम लिग खेल सेन्ट लुसीयाविरुद्ध सोमबार खेल्दै छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु