अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको देखाएको छ । सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको छ । मेडिकल जर्नल अफ साइन्समा प्रकाशित अध्ययन अनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । हावामा रहेका भाइरसबाट बढी संक्रमण फैलिदा कसरी संक्रमण भयो भन्ने कुरा थाहा नहुने अनुसन्धानमा उल्लेख गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
हावाबाट फैलिनेक्रम बढी हुँदा संक्रमण दर बढीरहेको अनुसन्धानकर्ताको दाबी छ । विश्वभर कोरोनाबाट बच्न व्यक्तिगत दूरी कायम गरिए पनि संक्रमण बढ्दै जाँदा अनुसन्धानकर्ताले हावाका कारण बढी फैलिएको पुष्टि गरेका हुन् । सुरुमा व्यक्तिगत दूरी र भेटघाटलाई संक्रमणको माध्यम मानिएको थियो भने अहिले हावालाई नै संक्रमणको प्रमुख माध्यम मानिएको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानले हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्ने देखाएको छ । कोरोना भाइरस हावाको माध्यमबाट दुई मिटर वा त्योभन्दा बढी यात्रा गर्न सक्ने अनुसन्धानमा उल्लेख छ । अनुसन्धानकर्ताका अनुसार भाइरस फैलिन मुखबाट निस्कने भाइरसयुक्त थुकका छिटा हावाको गतिमा निर्भर हुन्छन् । त्यसैले हावाबाट फैलिएको अवस्थामा पनि व्यक्तिगत दूरी र मास्क अननिवार्य गर्न सक्दा यसबाट बच्न सकिन्छ । अनुसन्धानकर्ताहरुले घरमा बस्दा पनि हावालाई स्वच्छ राख्न पर्याप्त भेन्टिलेसनको आवश्यकतामा जोड दिएका छन् । यसअघिसमेत हावामा कोरोना भाइरस बाच्न सक्ने अनुसन्धानले देखाएको थियो । सीडीसीले भने हावामा फैलिएको भाइरसबाट संक्रमण हुने पुष्टि गरेको हो ।



JUNGLE






from the
city


