भारतीय निर्देशक सुधिर मिश्रको नयाँ फिल्म ‘सिरियस मेन’ को मुख्य भूमिकामा अभिनेता नवाजुद्दिन सिद्दिकी देखिँदैछन्। नवाजुद्दिनले सुधिरसँग काम गरेसँगै उनको २० वर्ष पुरानो सपना पूरा भएको खुलाएका छन्। उनले आफ्नो ट्विटरमार्फत सन् २००० मा फिल्म ‘कलकत्ता मेल’ को सेटमा निर्देशक सुधिरलाई भेट्ने आशामा कसरी दिन बिताएका थिए भन्ने घटना सम्झेका हिन्दुस्तान टाइम्सले लेखेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नवाजुद्दिनले त्यसबेला घटना सम्झना गर्दै लेखेका छन्, ‘कलकत्ता मेल फिल्मको सुटिङ भइरहेको थियो। फिल्मका एक सहायक निर्देशकले मलाई निर्देशक सुधिर मिश्रसँग परिचित गराउने बाचा गरेका थिए। उनले ‘फिल्म सेटमा आउनू तर मैले हात उठाएपछि मात्रै हाम्रो नजिक आउनू’ भनेका थिए। त्यही अनुसार म सेटमा पुगेँ। त्यहाँ भीडमै पर्खेर बसेँ। ती सहायक निर्देशकले हात उठाउनु होला अनि म निर्देशक सुधिरलाई भेट्न जाउँला भन्दै बसेँ।’ त्यस बखत नवाजुद्दिनलाई निर्देशक सुधिरलाई भेट्ने ठूलो रहर थियो।



JUNGLE






from the
city



घटनाबारे खुलाउँदै उनले थप लेखेका छन्, ‘करिब एक घण्टापछि सहायक निर्देशकले आफ्नो हात उठाए। र म द्रुत गतिमा भीडबाट पन्छिदै आफ्नो बाटो बनाउँदै उनको कुर्सीसम्म पुगेँ। निर्देशक मिश्रजी छेउमै थिए। मलाई देखेर सहायक निर्देशकले सोधे ‘के गरेकोरु’ मैले जवाफ फर्काएँ, ‘तपाईंले आफ्नो हात उठाउनुभयो, त्यसैले म आएँ।’ उनले फेरि भने, ‘मैले कन्याउन हात उठाएको। अहिले जाऊ। मैले हात उठाएपछि नै आउनू।’
ती सहायक निर्देशकले फर्किन भनेपछि नवाजुद्दिन भीडमा फर्किए। नवाजुद्दिन उनको इसाराको प्रतीक्षामा उभिरहे। ती सहायक निर्देशकले कहिले आफ्नो हात उठाउलान् भन्दै सर्तक रहे। तर उनले हात उठाएनन्। ुउनीहरू सबै सधैंजसो सुटिङमै व्यस्त भए। म भने हरेक दिन त्यही मुम्बईको भीडमा हराएँ। यो सोचमा कि उनले आफ्नो बाचा पूरा गर्लान्। तर त्यसबखत निर्देशक सुधिर मिश्रसँग काम गर्ने मेरो सपना अधुरै रह्यो। त्यो सपना अहिले २० वर्षपछि पूरा भएको छ। ३सिरियसमेनु उनले लेखेका छन्।
‘सिरियस मेन’ मनु जोसेफको किताबमा आधारित फिल्म हो जुन नेटफ्लिक्समा रिलिज हुनेछ। यो फिल्म एक बस्तीमा बसोबास गर्ने परिवारको कथा हो। यसमा एक बुवा जो उच्च सम्मानको भोका हुन्छन् उनी आफ्नो छोराको प्रतिभाबारे झुटो तारिफ गर्दै हिँड्छन्। फिल्ममा उनको झुटको जालो कसरी घुमेको छ देखाइएको छ।