सुनकोशी किनारमा रहेका बस्तीलाइ सुरक्षित स्थानमा सर्न प्रशासनको सर्न आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 284
  •  
  •  
  •  
  •  
    284
    Shares

६ साउन। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखरी फुट्न सक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा अहिले भइरहेको भन्दा ६० मिटरमाथि पानीको बहाव बढ्ने खतरा रहेकाले नदी किनारमा बस्ने नागरिकलाई सर्न र आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानलेले जानकारी दिए ।
उनका अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक, स्थानीय सञ्चारमाध्यममार्फत जोखिममा पर्न सक्ने बासिन्दालाई सार्न र सतर्कता अपनाउन आग्रह गरिएको छ । सार्नैैपर्ने क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए । उक्त पोखरी फुट्दा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न र सार्नैपर्ने परिवारको सङ्ख्या सङ्कलन तथा आवश्यक व्यवस्थापनका गर्न लागिपरेको उनको भनाइ छ ।
सुनकोशी नदी किनारमा रहेका सुनकोशी गाउँपालिका, गोलन्जोर गाँउपालिका र फिक्कल गाउँपालिकालगायतका स्थानीय तहहरुका बजार र मानवबस्तीलाई बगाउन सक्ने र ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेकाले प्रशासनले नदी किनार खाली गर्न अनुरोध गरेको छ । यसबारे आवश्यक जानकारी लिन आफ्नो स्थानीय तह, नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु