सुनको मूल्य फेरि बढ्याे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

शुक्रबार सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बिहीबार तोलामा दुई हजार ६०० रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अन्तराष्टिंय बजारमा पनि सुनको भाउमा वृद्धि भइरहेको छ । शुक्रबार सुन २३ डलरले वृद्धि भई प्रति अउन्स एक हजार ९५१ डलरमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति अउन्स एक हजार ९२८ डलर ताकिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बुधबार अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएसँगै नेपाली बजारमा त्यसको प्रभाव परी सुन तोलामा ६ हजार २०० रूपैयाँले घटेर प्रतितोला ९५ हजार ४०० रूपैयाँसम्म पुगेको थियो । तर बिहीबार भने सुनको मूल्य वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु