सुशान्तसिंह राजपूतको चलचित्र ‘दिल बेचारा’ आज रिलिज हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रबार (आज) रिलिज हुँदै छ । चलचित्र बेलुका ७ः३० बजे भारत, अमेरिका, यूके र क्यानडाका डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एकैसाथ प्रिमियर हुँदै छ ।
निर्माण टिमले सुशान्तलाई समर्पण स्वरूप चलचित्र सबैका लागि निःशुल्क देखाउने घोषणा गरेका छन् । अर्थात् डिज्नी प्लस हटस्टारका ग्राहक नभए पनि चलचित्र हेर्न पाउनेछन् । यस चलचित्र जोन ग्रिनको किताब ‘फल्ट इन आवर स्टार’ र सन् २०१४ मा रिलिज भएको सोही नामको हलिउड चलचित्रको हिन्दी रिमेक हो ।
कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशकीय डेब्यु यस चलचित्रमा सुशान्त र सन्जना सान्घी लिड रोलमा छन् । भने सन्जनाको यो देब्यु चलचित्र हो । उनीहरूका साथै सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।
‘दिल बेचारा’ क्यानसर पीडित किजीको (सन्जना) सपोर्ट ग्रुपमा जानेक्रममा क्यान्सरलाई जित्न सफल म्यानी ९सुशान्त० सँग भेट हुन्छ । विस्तारै उनीहरू एक–अर्कासँग नजिकिन थाल्छन् र म्यानीले किजीको हरेक सपना पूरा गरिदिन्छन् । ६ जुलाईमा रिलिज भएको चलचित्रको ट्रेलरले चौबीस घण्टाभित्र धेरै लाइक कमाएर हलिउड चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ लाई पनि उछिनेको थियो ।
चलचित्रका गीतहरू कम्पोजर एआर रहमानले गरेका थिए । दुईदिन अघि मात्रै चलचित्रको टिमले सुशान्तलाई सांगीतिक श्रद्धाञ्जलि अर्पण गरेका थिए । ९एजेन्सीहरूको सहयोगमा०

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु