सून्यदेखि ८० प्रतिशत चार्ज केवल १८ मिनेटमा हुने इलेक्ट्रीक कार बनाउँदै हुन्डाई

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

कोरियन अटो उत्पादक हुन्डाई मोटर्स ग्रुपले सन् २०२५ सम्म २३ वटा इलेक्ट्रीक कार बजारमा उतार्ने रणनीति यसअघि नै अगाडि ल्याएको थियो । त्यसको लागि कम्पनीले नयाँ प्ल्याटफर्म तयार गरेको छ । नयाँ प्ल्याटफर्ममा बन्ने इलेक्ट्रीक कार सून्यदेखि ८० प्रतिशत चार्ज केवल १८ मिनेटमा हुने प्रविधिको विकास गरेको छ । हुन्डाईले इलेक्ट्रीक कारको लागि नयाँ ब्राण्ड नेम यसअिघ नै सार्वजनिक गरेको थियो । कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक कार आयोनिक ब्राण्डबाट बजारमा आउने छ । हुन्डाईले सन् २०२५ सम्ममा १० लाख इलेक्ट्रीक सवारी साधन बिक्री गर्ने लक्ष्य बनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हालै मात्र हुन्डाइले इलेक्ट्रीक भेहिकलको लागि ग्लोवल मोडूलर प्ल्याटफर्म सार्वजनिक गरेको हो । हुन्डाईका अनुसार यो प्ल्याटफर्ममा सेडान, सियूभी तथा एसयूभी सबै प्रकारका मोडल उत्पादनको लागि उपयुक्त हुने छ । योसँगै हुन्डाईका आगामी दिनमा आउने इलेक्ट्रीक गाडीहरुमा एकरुपता आउने छ । हुन्डाईको यो प्ल्याटफर्म अन्तर्गत उत्पादन हुने इलेक्ट्रीक कारहरुले ५ सय किलोमिटरको सम्मको रेन्ज प्रदान गर्ने छन् । यो प्ल्याटफर्ममा उत्पादन हुने कारको गति ० देखि १०० किलोमिटर प्रतिघण्टा भेट्न केवल ३।५ सेकेन्ड मात्र लाग्ने छ भने यसको टप स्पीड २६० किलोमिटर प्रतिघन्टा हुने छ ।
यो प्ल्याटफर्मलाई हुन्डाईले सबै किसिमका ड्राइभिङ मोडको प्रयोग गर्न मिल्ने बनाएको छ । यसमा उत्पादन हुने कारमा सिंगल ड्राइभ, रिअर ह्वील ड्राइभ तथा अल ह्वील ड्राइभ अप्सन उपलब्ध रहने छ । उच्च पफर्मेन्सका लागि अल ह्वील ड्राइभमा अगाडि र पछाडी दुबै साइडमा मोटरको प्रयोग हुने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस मोडुलर प्याटफर्ममा बन्ने कारमा ५० देखि १०० किलोवाट आवरको व्याट्री रहने हुन्डाईले जनाएको छ । कारमा रहने भारलाई सन्तुलन मिलाउन व्याट्री प्याकलाई बीच भागमा राख्ने व्यवस्था गरिएको छ । यसमा दिइने व्याट्री हुन्डाई मोटर्स आफैँले विकास गरेको पावर डेन्स सिस्टममा आधारित रहने छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु