‘सूर्यवंशी’का निर्माताले मागे प्रदर्शकसँग ७० प्रतिशत शेयर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ले हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यसैले पनि यो चलचित्र रिलिज गर्नका लागि प्रदर्शक पनि आतुर छन् । भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएपछि निर्माता र प्रदर्शक उत्साहित छन् । लकडाउन अगाडि नै प्रदर्शन मिति तय भएर पनि रिलिज हुन नसकेको चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन गर्नका लागि निर्माता रोहित सेट्टी र रिलायन्स इन्टरटेन्मेन्ट तयार छन् । तर, उनीहरुले प्रदर्शकसँग भने नयाँ शर्त अगाडि सारेका छन् । जसलेगर्दा, प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतीय मिडियाका अनुसार, चलचित्रको निर्माताले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका छन् । यस्तै, चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पिन अगाडि सारिएको छ । प्रदर्शकहरु चलचित्र रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएका छन् । तर, ७० प्रतिशत शेयरमा भने उनीहरु तयार छैनन् । निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको चलचित्रको प्रदर्शनमा अन्यौलता देखिएको छ । प्रदर्शकहरु ७० प्रतिशत शेयरको मागले आफूहरुलाई अन्याय हुने बताउँछन् । लकडाउन अगाडि निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर प्राप्त गर्दै आएका थिए । ‘सूर्यवंशी’का निर्माताले भने लकडाउनको समयमा चलचित्र ओटीटी प्लेटफर्ममै रिलिज नगरेर आफूहरुले प्रतिक्षा गरेको भन्दै ७० प्रतिशत शेयरको मागलाई जायज भनेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु