सेन्ट लुसियालाई ८ विकेटले पराजित गर्दै ट्रिन्बागोले जित्यो सिपिएलको उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

ट्रिन्बागो नाइट राइडर्सले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ। बिहीबार राति भएको उपाधि भिडन्तमा ट्रिन्बागोले सेन्ट लुसियालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। यो सिजन उत्कृष्ट लयमा रहेको ट्रिन्बागोले समूह चरणका १० खेल, सेमिफाइनल र फाइनल गरी लगातार १२ खेलमा अपराजित रहँदै उपाधि जितेको हो। अपराजित रहँदै सिपिएलको उपाधि जित्ने ट्रिन्बागो पहिलो टिम बन्यो। यस्तै ट्रिन्बागोले सिपिएलको उपाधि जितेको भने यो चौथो पटक हो। कोरोना भाइरसका कारण ट्रिनिडाड एन्ड टोबागोमा मात्र भएको यस सिजनको सिपिएलमा दर्शकलाई प्रवेश दिइएको थिएन। बिहीबार राति पहिले ब्याटिङ गरेको सेन्ट लुसिया ५ बल खेल्न बाँकी छदै १५४ रनमा अलआउट भयो। उसका लागि आन्द्रे फ्रेचरले ३९ रन जोडे।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मार्क डेयालले २९ रन बटुल्दा रोस्टन चेजले २२ रन र नाजिबुल्लाह जार्डानले २४ रन बटुले। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा ट्रिन्बागोका कप्तान काइरन पोलार्डले ४ विकेट लिए। फवाद अहमेद र अली खानले २-२ विकेट लिए। १ सय ५५ रनको लक्ष्य ट्रिन्बागोले केवल २ विकेटको क्षतिमा १८.१ ओभरमा पूरा गर्यो। उसका लागि ओपनर लेन्ड सिमोन्सले नटआउट ८४ रन जोडे। उनले ४९ बलमा ८ चौका र ४ छक्का हिर्काए। टियोन वेभस्टर ५ रन र टिम सेइफर्ट ४ रनमा आउट भएका थिए। तर ड्यारेन ब्राभोले नटआउट ५८ रन जोडे। उनले सिमोन्ससँग तेस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्दा ट्रिन्बागोको जित सहज बन्यो। सिमोन्स फाइनलको प्लेयर अफ दि म्याच भए भने कप्तान पोलार्डले प्लेयर अफ दि सिरिज घोषित भए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु