सेभिया लेभान्टेसँग बराबरीमा रोकियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दबाबमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको छ। स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको हो । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि सेभिया जितबाट वञ्चित बन्न पुग्यो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल सेभियाले ३ अंक गुमाउन बाध्य बन्यो । बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अर्को खेलमा रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लोस फर्नान्डेज र रोवर्टो सोल्डाडोले गोल गरे । बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा यथावत् छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु