भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ । कम्पनीको निर्माणाधीन मञ्जरी भवनमा बिहीबार दिउँसो आगलागी हुँदा करोडौंको क्षति भएको जनाइएको छ । भवनमा आगलागी हुँदा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप उत्पादनका लागि राखिएका उपकरणहरु जलेर नष्ट भएका छन् । आगलागीको कारण खुलिसकेको छैन । आगलागीमा परी मृत्युहुनेका परिवारलाई कम्पनीले पाँच लाख भारतीय रुपैयाँ प्रतिव्यक्ति दिने भएको छ ।
सेरम कम्पनीमा लागेको आगलागीमा पाँचजनाको मृत्यु, करोडौंको क्षति
- सिम्रिक खबर.
- • १ महिना अगाडि