सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प फसे गम्भीर विवादमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा?’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका छन् । द एटलान्टिस पत्रिकाका अनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम थियो तर उनले ‘हारेका मान्छेले भरिएको ठाउँ’ भन्दै उक्त कार्यक्रम रद्द गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ट्रम्पले भने– फेक न्युज
पत्रिकाले चार स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ट्रम्पले त्यहाँ जाने कार्यक्रम किन रद्द गरे भने त्यतिबेला भारी वर्षा भइरहेको थियो र ट्रम्पलाई बर्षाले आफ्नो कपाल बिग्रिने चिन्ता थियो । साथै युद्धमा मारिएका अमेरिकीलाई सम्मान गर्ने कुरा उनका लागि महत्वपूर्ण थिएन । त्यतिमात्रै होइन ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु पनि भनेका थिए । यसै युद्धको क्रममा नै पहिलो विश्व युद्धमा जर्मन सेना पेरिसम्म पुग्न पाएन । ती दुश्मनलाई रोक्ने ती सैनिकलाई अमेरिकी मरीन कर्प्सबाट सम्मानित गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रिकामा छापिएका समाचारलाई ‘फेक न्युज’ भनेका छन् । उनले शुक्रबार पत्रकारहरुसँग भने, ‘हाम्रा सेनाविरुद्ध मैले नकारात्मक अभिव्यक्ति दिन सक्छु, मैले हाम्रो हिरोविरुद्ध अभिव्यक्ति दिन सक्छु, भन्ने सोच्नुभन्दा अगाडि मैले बजेटमा के गरें त्यो हेरियोस् । मैले सैन्य बजेट बढाएँ, सैनिकहरुको तलब बढाएँ । मैले बजेटमा जे गरें, त्यो अरु कसैले गरेका थिएनन् । पत्रिकाबाट भएको यो काम घृणित हो र यो बेकारको पत्रिका हो ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु