सैन्य ‘कू’ भएपछि भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सैन्य ‘कू’ भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ । म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म्यानमारमा गएको महिना भएको सैन्य ‘कू’ पछि विरोध प्रदर्शन भइरहेको छ । म्यानमारका सेनाले प्रदर्शनकारीमाथि दबाब बढाउँदै लगेको छ । विरोध प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म ५५ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार प्रमुख मिसेल ब्याचलेटले म्यानमारमा २९ पत्रकारसहित सांसद प्रदर्शनकारी गरेर १७ सयभन्दा धेरै मानिस पक्राउ परेको बताउनु भएको छ । म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वका धेरै देशले आलोचना गर्दै आएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु