सैफअली खानले आफूलाई दिने भनिएको अवार्ड अरुलाई नै दिएको तीतो यथार्थबारे मुख खोले

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

बलिउड अभिनेता सैफअली खान भारतीय अवार्ड कार्यक्रममा उत्ति विश्वास राख्दैनन् । ‘बलिउड हंगामा’ सँगको अन्तर्वार्तामा उनले आफूलाई दिने भनिएको अवार्ड अरुलाई नै दिएको तीतो यथार्थबारे मुख खोलेका छन् । ‘मेरो करियरमा मैले केही अवार्ड पाएँ, जसका लागि म योग्य थिइनँ भन्ने मानिसहरुलाई लागेको थियो । त्यसमा ‘हम तुम’ पनि एक हो, जुन फिल्मबाट मैले नेसनल अवार्ड पाएँ । मान्छेहरुले त्यसमा म योग्य थिइन भनेर भने । तर मलाई लाग्छ मैले वर्षौंपछि मैले आफूलाई त्यसका लागि योग्य बनाएँ,’ उनले भनेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अवार्ड कार्यक्रममा हुने फेरबदलका विषयमा पनि उनले बोलेका छन् । ‘इमान्दारीका साथ भन्नुपर्दा म अवार्ड कार्यक्रममा विश्वास गर्दिनँ । केही वर्षअगाडि मलाई एउटा अवार्ड कार्यक्रममा बोलाइएको थियो । म त्यहाँ पुग्दा कार्यक्रम आयोजकले मलाई भन्नुभयो, ‘हामी तपाईंलाई उत्कृष्ट अभिनेताको अवार्ड दिन चाहन्थ्यौं । तर तपाईंलाई थाहै छ यहाँ केके हुन्छ । अब हामी तपाईंलाई कमिक रोलका लागि अभिनेता अवार्ड दिन्छौं,’ उनले भनेका छन् । अवार्ड कार्यक्रममा हुने यस्तै फेरबदल र राजनीतिले अवार्ड कार्यक्रम एउटा ‘ठूलो तमासा’ हुने गरेको उनको धारणा छ । उनले भने, ‘म त अवार्ड कार्यक्रम स्टेज प्रस्तुतिबाट कमाउने एउटा बहाना देख्छु ।’ पछिल्लो समय अजय देवगनसँग ‘तानाजी’मा देखिएका सैफ अमेजोन प्राइमको ‘तान्डव’मा देखिँदैछन् । ‘तानाजी’का निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा पनि उनले अभिनय गर्दैछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु