बलिउड नायिका सोनम कपुरले सोसल मिडियामा कोरोनाको भ्याक्सिनबारे प्रश्न सोधिन् । सोनमले लेखिन्, ‘कसैले मलाई बताउन सक्नुहुन्छ हाम्रा हजुरबुवा–हजुरआमा, आमा बुवाले कसरी भ्याक्सिन लगाउन सक्नुहुन्छ र यो कहिले उपलब्ध छ रु म असाध्यै अलमलमा छु । सबैले आ–आफ्नै कुरा गरिरहेका छन् । म साँच्चै नै उहाँहरुका लागि यस्तो चाहन्छु ।’ यो ट्वीटका लागि सोनम कपुरलाई असाध्यै ट्रोल गरिँदैछ । धेरै मानिसहरुले उनलाई सरकारी साइटमा हेर्न भनिरहेका छन् । कतिले उनलाई समाचार हेर्न पनि भनिरहेका छन् । कतिले प्रकाश जावडेकरद्वारा गरिएको घोषणाबारे पनि उनलाई जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रयोगकर्ताले यसरी दिए प्रतिक्रियाः
एक प्रयोगकर्ताले लेखे, ‘तपाईंको फोनमा गुगल छैन र रु’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘तपाईंले पत्रिका पढ्नुपर्छ र सरकारी योजनाबारे जानकारी राख्नुपर्छ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईंले धेरै मानिसको धेरैथरी कुरा सुनिरहेको छु भन्नुहुन्छ, फेरि ट्वीटरमा यो पोस्ट गरेर कतिथरी कुरा सुन्न चाहनुहुन्छ रु’ यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, ‘कमन सेन्सको प्रयोग गर्नुहोस् र आधिकारिक साइटमा जानुहोस् ।’



JUNGLE






from the
city


