मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो । आइतबार प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185