काठमाण्डौ । वितेको २४ घण्टामा नेपालमा ९७९ जना नया संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४७ हजार २३६ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसैगरी गएको २४ घण्टामा १७३६ जना निको भएका छन् । यो सँगै ३० हजार ६ सय ७७ बढी संक्रमितहरु निको भइ घर गएका छन् । गत २४ घण्टामा ९२१८ परिक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर परिक्षण ७ लाख ७७ हजार ५६३ भएको छ । त्यसैगरी देशभर ४ हजार ७३९ जना क्वारेन्टीनमा रहेका छन् । हाल देशभर १६ हजार २५९ संक्रिय संक्रमित रहेका छन् ।
Advertisements



JUNGLE






from the
city



१७१ जना आइसियुमा उपचार गराइरहेका छन् भने २० जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी सोमबार ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाबाट मृृत्यु हुनेहरुको संख्या ३ सय पुगेको छ ।