श्रावण ५, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा २०० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।