सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि हातपात भएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीटोली माथि एक्कासि हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार हिजो दिउँसो करिब ३ः३० बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गरेको सूचना पाएपछि सम्झाउन पुगेको प्रहरीलाई ६ जना युवाको समूहले एक्कासि हातपात गरेका हुन् । ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको प्रहरी पोसाकमा लगाएको सिठीसमेत चुँडाइदिएका छन् ।



JUNGLE






from the
city



प्रहरीलाई लडाएर लात्ति र मुक्काका साथै क्यान बियर प्रहार गरेर घाइते बनाएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए।
उनका अनुसार प्रहरी सहायक निरीक्षक सहित ३ जना प्रहरी टालीमाथि ती युवाले हातपात गरेका हुन् । कुटाई खाएका प्रहरी सहायक निरीक्षक महतो अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । पाँच युवालाई घटनास्थलबाटै र एक जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउपछि उनीहरुलाई कानुनी कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।