स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले जिते युइएफए सुपरकपको उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

बायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा बायर्नले स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै सुपरकप जितेको हो । युइएफए सुपरकप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हरेक बर्ष खेलिने गर्दछ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १(१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । बायर्नका लागि खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरेका थिए । यस अघि खेलको १३औ मिनेटमा सेभियाका लागि लुकास ओकाम्पोसले पेनाल्टी मार्फत गोल गरेका थिए भने खेलको ३४औ मिनेटमा बायर्नका लागि लेओन गोरेटज्काले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

योसँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ । यस अघि २०१३ मा बायर्नले यो उपाधि जितेको थियो । अहिलेसम्म बार्सिलोना र इन्टर मिलानले ५(५ पटक सुपर कपको उपाधि जितेका छन् भने रियल म्याड्रिड र लिभरपुलले ४(४ पटक तथा एटलेटिको म्याड्रिडले ३ पटक यो उपाधि जितेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु