स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड नव प्रवेशी क्याडिजसन्ग क्याडिजसँग १–० ले पराजित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड नव प्रवेशी क्याडिजसन्ग स्तब्ध बनेको छ । रियरल घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध बनेको हो । नयाँ सिजनको ला लिगामा रियलको यो पहिलो हार हो । पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको रियलले त्यसपछिको सबै तीन खेलमा जित हात पारेको थियो । रियललाई स्तब्ध बनाउन एन्थोनी लोसानोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा अल्भेरो नेग्रेडोको पासमा गोल गर्न सफल भएका थिए । अल्फ्रेडो डि स्टेफानोका शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको शुरुवातमा रियललाई दवावमा राख्दै गोल निकाल्न सफल भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

खेलको दोस्रो मिनेटमा नै एलेक्स फर्नान्डेजको क्रसलाई अल्भेरो नेग्रेडोले गोलरक्षक थिवाउट कोर्टुवालाई बिट गर्दै गरेको प्रहारलाई कप्तान सर्जियो रामोसले गोललाईनबाट बचाउदै क्याडिजको अग्रता टारे । आठौं मिनेटमा नेग्रेडोकै पासमा एन्थोनी लोसानोको प्रहारलाई कोर्टुवाले पन्च गर्दै बचाए । १२औं मिनेटमा लुकास भास्क्वेजको प्रहार पोस्टबाट थोरै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा जुआन कालाको प्रहारले पोस्टको दिशा लिएन । १६औं मिनेटमा लोसानोको गोलबाट क्याडिजले रियलविरुद्ध अग्रता लिन सफल भयो । जोश मारीको क्रसमा नेग्रेडोले मिलाईदिएको हेडर पासमा अनमार्क रहेका लोसानोको चिप प्रहारलाई कोटुैवाले बचाउन सकेन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

३०औं मिनेटमा काउन्टर अट्याकमा मारीकै पासमा लोसानोको फितले प्रहारलाई कोर्टुवाले बचाए । ३८औं मिनेटमा टोनी क्रुसको कर्नरमा राफयल भरानको हेडर पोस्ट नजिकैबाट बाहिरिदा रियल बराबरीबाट चुक्यो । एक गोलले पछि परेको रियलले दोस्रो हाफमा पनि बल पोजेसनमा बलियो पकड बनाएपनि क्याडिजको रक्षापङ्ति तोड्न सकेन । ६८औं मिनेटमा टोनी क्रुसको क्रसमा भिनिसियस जुनियरको हेडर पोस्टबाट थोरै बाहिरियो । ८०औं मिनेटमा लुका जोभिकले गोल गरेपनि अफसाइडका कराण मान्यता पाएन । मार्सेलोको क्रसमा अघि बढेको करिम बेन्जेमा अफसाइड पोजिसनका रहेका थिए । उनको पासमा जोभिकले गोल गरेपनि मान्यता पाएन ।

लगत्तै ८१औं मिनेटमा करिम बेन्जेमाको प्रहार क्रसबारमा लागेर फर्कदा रियल म्याड्रिड बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल १–० ले स्तब्ध बन्न पुग्यो । हारपछि पनि रियल गोल अन्तरमा शीर्षस्थानमा यतावत रहेको छ । रियलको ५ खेलबाट १० अंक रहेको छ । समान खेलबाटै गेटाफे र क्याडिजको पनि १० अंक पुगेको छ । तर, गोलअन्तरमा गेटाफे र क्याडिज दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु