अग्रपंक्तिमा खटिएर संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन्, बिमा भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको छ । यो प्रतिकूल अवस्थामा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म छाडेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा लखिएको छ। नेपालमा संक्रामक रोगको उपचार गर्ने अस्पताल हो सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु । ९ माघमा नेपालमा पहिलो संक्रमण देखिएयता यो अस्पतालका स्वास्थ्यकर्मी महिनौँसम्म घर नगई संक्रमितको उपचारमा खटिएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तर, टेकु अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले मासिक तलबसमेत नियमित पाएका छैनन् । सरकारले स्वास्थ्यकर्मीहरूलाई उनीहरू खट्ने क्षेत्र हेरेर १००, ७५ र ५० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका जारी गरेको थियो । ‘भत्ता त परको कुरा, नियमित तलबसमेत दुई महिनादेखि पाएका छैनौँ, स्वास्थ्यकर्मीको मनोबल के छ भनेर सोचिदिने कोही छैन,’ एक चिकित्सकले भने। अस्पतालका निर्देशक डा।सागर राजभण्डारी बजेट नआएका कारण दुई महिनादेखि तलब दिन नसकिएको बताउँछन् । ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि अस्पतालको नयाँ योजना बनाउनुपर्छ, त्यसैले ढिला भएको हो । तर, सकेसम्म छिटो दिने प्रयासमा छौँ।’ भत्ता भने मन्त्रालयसँग माग गरिएकाले कहिले आउँछ भनेर आफूले भन्न नसक्ने उनले बताए।



JUNGLE






from the
city



कोरोना महामारीको समयमा सेवा–सुविधाको माग गर्दै सिभिल अस्पतालका कर्मचारी एक सातादेखि आन्दोलनमा छन् । ‘सरकारले तोकेअनुसार तलब र सेवा–सुविधा छैन, यस्तो जोखिममा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको बिमासमेत गरिएको छैन । हामीले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका हौँ,’ सिभिल अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । विराटनगरस्थित कोसी अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि जोखिम भत्ता पाएका छैनन् । कोसीमा चिकित्सकसहित २५ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । सरकारको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीरका स्वास्थ्यकर्मीले कोरोना महामारीमा सरकारबाट सहयोगको अनुभूति गर्न पाएका छैनन् । हालसम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ७५ भन्दा बढी संक्रमित भइसकेका छन् ।
राज्यबाट सुरक्षाका कुनै पनि सामग्री नपाएको कारण पनि धेरै संक्रमित हुन पुगेको चिकित्सकको बुझाइ छ । कोभिड संक्रमितको उपचारमा खटिएका डा।भवेन्द्र कार्की भन्छन्, ‘पिपिईको व्यवस्था नहुँदा हरेक समय मृत्यु सम्झिँदै सेवा गर्नुपरेको छ । दिनरात बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीले आजसम्म पनि जोखिम भत्ता पाएका छैनन् ।’ तर, स्वास्थ्यकर्मीको यो आवाजलाई समेत सरकारले सुनको छैन । कोभिडको सबैभन्दा ठूलो औषधि नै मनोबल हो । संक्रमितलाई उच्च मनोबल राख्न आग्रह गर्ने हाम्रा डाक्टर र नर्स भने आफैँ उपेक्षित छन् । कोभिड संक्रमितको उपचारमा खटिएको भनेर स्वास्थ्यकर्मीको सम्मान गरिएको भिडियो विश्वभर ‘सेयर’ भएका छन् । तर, नेपालका स्वास्थ्यकर्मी भने आफैँ उपेक्षित महसुस गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको आफ्नै तथ्यांकअनुसार हालसम्म सरकारी र निजी स्वास्थ्य संस्थामा कार्यरत पाँच सय स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । तर, सरकारले आफ्नै जनशक्तिको स्वास्थ्य अवस्था के छ, संक्रमणपछि निको भएर कति फर्किए, कति आइसोलेसनमा छन् भन्ने तथ्यांकसमेत राखेको छैन।