

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएकी छन्।



JUNGLE






from the
city



कोरोना भाइरसबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियम पालना गर्दै गौरा पर्व मनाउन पनि राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन्।
गौराले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन्।
गौराजस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी उनले शुभेच्छा पनि व्यक्त गरेकी छन्।
मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ। यस पर्वमा कामविशेषले परदेश गएकाहरू घर फर्कने र विवाहित महिला माइत जाने गर्छन्।
यस अवसरमा पाँच प्रकारका अन्नको मि श्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी यो पर्व मनाइन्छ।