हङकङमा एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हङकङमा कोरोना भाइरसबाट मुक्त भइसकेका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको त्यहाँका वैज्ञानिकले बताएका छन्। हङकङका वैज्ञानिकका अनुसार ३० वर्षका व्यक्तिमा कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै पहिलो घटना हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ। यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन्।

हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार पहिलो संक्रमणबाट मुक्त हुनुअघि ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए। तर निको भएर विमानस्थलमा स्क्रिनिङ गर्ने क्रममा पुनः उनमा कोरोना देखिएको हो। तर उनमा कुनै लक्षण छैनन्। लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताए। उनले भने, ‘यसैकारण कोरोनाविरुद्ध खोप अति आवश्यक छ। यो भाइरसले समयअनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने आशंका छ।’

जुन व्यक्ति कोरोनाबाट संक्रमित भई निको हुन्छन्, उसको शरीरमा प्रतिरक्षा प्रणाली विकास हुन्छ र उसलार्ई दोहोर्याएर भाइरसले आक्रमण गर्न सक्दैन। वैज्ञानिकका अनुसार ती संक्रमणबाट मुक्त ती व्यक्तिको प्रतिरक्षा प्रणाली सबैभन्दा बलियो गरी विकास भएको पाइयो, जो कोरोनाबाट गम्भीर बिरामी परेका थिए।

तर यो कुरा अझै स्पष्ट हुन सकेको छैन कि त्यस्तो प्रतिरक्षा प्रणाली कति लामो समयसम्म शरीरमा रहन्छ। बीबीसीबाट

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु