हट्यो विदेशी मदिरा आयातमा लागाईएको बन्देज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

विदेशी मदिरा आयातमा लागेको बन्देजलाई सरकारले हटाएको छ । गत बिहीवारको मन्त्रिषरिषद् बैठकले करीब ७ महीनायता रोकिएको मदिरा आयात खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले यसअघि लगाएको बन्देज पूर्णरूपमा हटाइएको जानकारी दिए । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी गरेसँगै विदेशी मुद्राको सञ्चिति कम हुने भन्दै गत चैत २४ मा राजपत्रमा सूचना प्रकाशित गरेर मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आयातमा प्रतिबन्ध लगाउँदा केही ठूला ब्रान्डका विदेशी मदिराको स्टक सकिएको थियो भने भारत हुँदै विदेशी मदिरा अवैध रूपमा आउन थालेको थियो । अवैध मदिरा आउन नदिन आयात प्रतिबन्ध हटाइएको र यसले राजस्व संकलनमा समेत सहयोग पुग्ने सरकारको भनाइ छ । आव २०७६र७७ मा नेपालमा ह्वीस्की आयात ८२ करोड रुपैयाँको मात्रै भएको छ, जबकि अघिल्लो आवमा १ अर्ब ७ करोडको आयात भएको थियो । गत आवको वैशाख र असार, साउन, भदौ, असोज २५ गतेसम्म महीनामा आयात ठप्प नै रहन पुग्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालमा विदेशी मदिरा आयात गर्नेमा एसपीजी ट्रेडिङ, ग्लोबल ट्रेडिङ, सहारा, एलाइडलगायत कम्पनी छन् । ह्वीस्की, भोड्का, वाइन, जिनजस्ता मदिराजन्य वस्तु भारत, जर्मनी, फ्रान्स, स्कट्ल्यान्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडी मुलुकबाट आयात हुने गरेको छ । विशेषगरी दशैंतिहारजस्ता ठूला चाडपर्वमा धेरै विदेशी मदिरा खपत हुँदै आएको व्यापारी बताउँछन् । नेपालमा मदिरा तथा मदिराका कच्चा पदार्थ गरी वार्षिक ५ अर्ब रुपैयाँभन्दा धेरैको आयात हुने गरेको छ । त्यसबाट सरकारले मासिक ५० करोड रुपैयाँको हाराहारी राजस्व संकलन गर्ने गरेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु