सम्राट बस्नेतद्वारा निर्देशित हरर मुभी ’रङ्ग डेस्टिनेसन’ को ट्रेलर सार्वजनिक गरिएको छ। सुगन तन्डुकारको कथा र पदम प्रसाद कट्टेलको लेखन रहेको यस चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। समाईरा तन्डुकार,शर्मिला लामा,संजिल लामा र जितेन्द्र कार्कीको निर्माणमा बनेको चलचित्रमा रणधीर श्रेष्ठको छायाँकन रहेको छ। यस चलचित्र ओटीटि प्लेट फर्महरुमा रिलिज गरिने निर्देशक बस्नेतले जानकारी दिए। सौगात बस्नेतले ट्रेलर काट्ने काम गरेका छन्।