लमजुङको मर्स्याङ्दी गाउँपालिका(३, मा रहेको पर्यटकीय स्थल हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । हर्सिङ डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले पहिलोपटक हर्सिङ डाँडाबाट प्याराग्लाइडिङ परीक्षण उडान गरेको हो । हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । ‘पर्यटन प्रवर्द्धनका लागि परीक्षण उडान गरिएको हो । परीक्षण उडान सफल भएको छ,’ उहाँले भन्नुभयो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अब व्यावसायिक उडान गर्न सकिने
परीक्षण उडान सफल भएसँगै अब हर्सिङ डाँडामा व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने भएको गाउँपालिकाका उपाध्यक्ष विकले बताउनुभयो । ‘परीक्षण उडान सफल भएको छ । कोरोनाका कारण अहिले असहज परिस्थिति सिर्जना भएको छ,’ उहाँले थप्नुभयो, ‘सहज परिस्थिति सिर्जना भएसँगै कसैले व्यावसायिक प्याराग्लाइडिङ उडान संचालन गर्न चाहेमा गाउँपालिकाले सघाउनेछ ।’ पोखरामा रहेको ओपन स्काइ प्याराग्लाइडिङ प्रालिका टेण्डम फ्लाइट पाइलट नुरेन राना र सोलो फ्लाइट पाइलट सुमन मगरले प्याराग्लाइडिङ परीक्षण उडान गर्नुभएको हो । सोमबार बिहान हर्सिङ डाँडाबाट उडान सुरु भएको प्याराग्लाइडिङ झण्डै आधा घण्टाको समयमा मर्स्याङ्दी गाउँपालिकाको कुवापानीमा ‘ल्याण्ड’ गरिएको थियो ।



JUNGLE






from the
city



हिमशृङ्खलाको प्रत्यक्ष दृश्यवलोकन
उहाँका अनुसार विगतमा स्थानीयले हर्सिङ डाँडामा भेडाबाख्रा, गाइभैँसी चराउँदै आएका थिए । ‘विगतमा गौचरण रहेको हर्सिङ डाँडा अहिले पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गएको छ,’ उपाध्यक्ष विकले भन्नुभयो । समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको हर्सिङ डाँडाबाट मनास्लु हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमशृङ्खलाका प्रत्यक्ष दृश्यवलोकन गर्न सकिने उहाँले बताउनुभयो । हर्सिङ डाँडामा ‘पिकनिक स्पट’का साथै पदमार्गको रुपमा विकास गर्दै पर्यटक आगमन बढाउने गाउँपालिकाको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । प्याराग्लाइडिङ परीक्षण उडानमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष विक, वडाअध्यक्ष प्रेमबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।