हलिउड अभिनेता डेविट प्राउजको ८५ बर्षको उमेरमा निधन भएको छ । उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार वार्स’को डार्थ वाडर भुमिकाको कारणले सर्वत्र चिनिन्छन् । उनलाई यो भुमिका उनको शरिर हेरेर दिइएको थियो । डेविडले अभिनय करियरको सुरुवात टिभीबाट गरेका थिए । उनले कयौ टिभी शोमा काम गरेका छन् । टिभीपछि फिल्ममा देखिएका उनी १९६८ ह्यामहेडमा देखिएका थिए । त्यसपछि एक फिल्म अभिनय गरेका उनी फिल्म ‘स्टार वार्स’का लागि छानिएका थिए । उनले अभिनय करियरमा ‘स्पेस १९९९’, ‘एज यु लाईक इट’ र आइएम युअर फादर’लगायत थुप्रै फिल्म दिएका छन् । ५० बर्षसम्म फिल्ममा काम गरेका उनले लामो समय बडी बिल्डिङ समेत गरेका थिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185