काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप ‘हाम्रो पात्रो’ले भ्यालेन्टाइनको अवसरमा कुण्डली मिलानमा २० प्रतिशत छूट दिन थालेको छ । कम्पनीले एपमा उपलब्ध ‘हाम्रो ज्योतिष’ सेवामा यस्तो छूट उपलब्ध गराउन थालेको हो । नेपालको पहिलो भिडियो परामर्श सेवाको रुपमा रहेको ‘हाम्रो ज्योतिष’ मार्फत कुण्डली बनाएर प्रमाणीत ज्योतिषहरुसँग परामर्श लिन सकिन्छ । यो सेवाका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कुण्डली बनाउनका लागि यसमा जन्म मिति, जन्मेको समय र जन्म स्थल राख्नुपर्ने हुन्छ भने गुण मिलानका लागि केटा र केटीको जन्म मिति र जन्मेको समय राख्नपर्ने हुन्छ । ‘हाम्रो पात्रो’ले यो सेवा बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म र बेलुका ७ बजेदेखि ९ बजेसम्म उपलब्ध गराउँदै आएको छ । २०७६ असोजमा सुरु भएको ‘हाम्रो ज्योतिष’मार्फत हालसम्म १० हजारभन्दा बढीले सेवा तथा परामर्श लिइसकेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आवश्यकता अनुसार यो सेवा हाम्रो पात्रोको एन्ड्रोइड तथा आईओएस एप र वेबसाइटमार्फत लिन सक्छन् ।



JUNGLE






from the
city



यसरी प्रयोग गर्नुहोस् हाम्रो ज्योतिष सेवा
‘हाम्रो पात्रो’को निकै लोकप्रिय ‘हाम्रो ज्योतिष’ सेवामार्फत दैनिक दर्जनौंले रोजगारी, शिक्षा, वैदेशिक रोजगार, व्यापार(व्यवसाय लगायतका विषयमा ज्योतिषीय परामर्श लिँदै आएका छन् । सामान्यतयाः ७५० रुपैयाँको टिकट खरिद गरी ‘हाम्रो ज्योतिष’ सेवा लिन सकिन्छ । तर कम्पनीले भ्यालेन्टाइनको अवसरमा फेब्रुअरी १४ सम्म २० प्रतिशत छूटका साथ ६०० रुपैयाँमै यो सेवा उपलब्ध गराउँदै आएको छ । टिकेट लिइसकेपछि प्रयोगकर्ताले भिडियो कलमार्फत ज्योतिषसँग जतिसुकै प्रश्नहरु सोध्न पाउने ‘हाम्रो पात्रो’ले जनाएको छ ।
ईसेवा, खल्ती, कनेक्ट आईपीएस सहित विदेश बाहिर रहेका प्रयोगकर्ताले अन्तर्राष्ट्रिय कार्डमार्फत ‘हाम्रो ज्योतिष’को टिकट खरिद गर्न सक्छन् । साथै गुगल पे र पेपालमार्फत समेत यसको भुक्तानी गर्न सकिन्छ । कम्पनीले प्रयोगकर्ताको गोपनीयता उच्च प्राथमिकताका साथ कायम गरिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।