‘हाम्रो पात्रो’ बाटै सोह्र श्राद्धको ‘सीदा दान’ गर्न सक्ने

‘हाम्रो पात्रो’ बाट सोह्र श्राद्धको ‘सीदा दान’ गर्न सक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ले ल्याएको छ । कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञानको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित र गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो । यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवा अन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पण यो विशेष कार्य सम्पन्न गर्न सकिनेछ ।

“अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ” ज्योतिष गुरु नारायणप्रसाद दुलाल बताउछन् । “यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ ।” उनी अगाडी भन्छन्, “तर यो श्राद्ध, पिण्ड दान र तर्पण भने होइन । सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सीदा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुनसक्छ ।

यस अघिका समयहरुमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरु पण्डितहरु भएको स्थानमा गएर पितृहरुको भोजन भाग स्वरुप पँहेलो दाल, चामल, घ्यू, तेल, तरकारी लगायतका अन्य चोखो सामाग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ ।” गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।

कति छ त शुल्क ?
खर्च नियमित पूजापाठ अथवा अन्य महत्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै न्यून रहेको हाम्रो पात्रोले जनाएको छ । हाम्रो पात्रोको यस सीदा दानको सेवा लिए बापत नेपाल भित्रको प्रयोगकर्ताको लागि रु। ५०० ९पाँच सय० तोकिएको छ भने अष्ट्रेलिया बस्ने नेपालीले अस्ट्रेलियाबाट यो सेवा उपभोग गरेको खण्डमा अष्ट्रेलियाको १५ डलर तथा अमेरीकाका नेपालीहरुले अमेरिकी डलर ९.९९ मात्र खर्चिए पुग्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु