हाल नेपाली बजारमा उपलब्ध ५ बान्डका ५ महंगा मोटरसाइकल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

नेपाली बजारमा १ लाख ५० हजारदेखि १ करोड ४१ लाखसम्मका मोटरसाइकल बिक्री हुँदै आएका छन् । सस्तो मोटरसाइकल बिक्री गर्नेमा रनर रहेको छ भने, एमभी अगष्टा सबैभन्दा महंगो मोटरसाइकल बिक्री गर्ने पनि हो । पछिल्ला दिनमा नेपाली बजारमा प्रिमियम ब्राण्डका मोटरसाइकलहरु आइरहेका छन् । बिएमडब्ल्यू, हार्ले डेभिड्सन, डुकाटी, बेनेली, एमभी अगष्टा, होन्डा, यामाहा, सुजुकी जस्ता ब्रान्डले प्रिमियम मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभिन्न कम्पनीले ग्राहकको चाहाना अनुसार नेपालमा उपलब्ध नभएको तर, अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका मोडल समेत उपलब्ध गराउदै आएका छन् । हाल नेपाली बजारमा उपलब्ध ५ बान्डका ५ महंगा मोटरसाइकल यस प्रकार रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१. एमभी अगष्टा बी४ सेरी ओआरओ
इटाइलियन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी एमभी अगष्टाले नेपालमा सबैभन्दा महंगो मोटरसाइकल बिक्री गर्दै आएको छ । एमभी अगष्टा बी४ सेरी ओआरओ मोडल सबैभन्दा महंगो मोडल हो । यसको मूल्य १ करोड ४१ लाख रुपैयाँ रहेको छ । एमभी अगष्टा नेपाली बजारमा महंगो मोटरसाइकल बिक्री गर्ने ब्राण्डका रुपमा परिचित रहेको छ । यसले बिक्री गर्ने सबै मोटरसाइकल ४० लाख रुपैयाँ भन्दा माथिका मात्रै छन् ।

एमभी अगष्टा सेरी ओआरओमा ९९८ सीसी ४ सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३ हजार ६०० आरपीएममा २१२ हर्सपावर तथा ९३०० आरपीएममा ११४।७ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ३०० किलोमिटर प्रति घन्टा रहेको छ । यो सबैभन्दा धेरै टप स्पीड क्षमता भएको नेकेड मोटरसाइकल रहेको छ ।

२. हार्ले डेभिड्सन आइरन ८८३
हार्ले डेभिडसनले आइरन ८८३ मोटरसाइकल ४५ लाख ८५ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । क्रुजर डिजाइनमा निर्माण भएको यो बाइकको उचाई ७६० एमएम रहेको छ । ह्विलबेस १५ सय १५ रहेको यस बाइकमा १२.५ लिटरको इन्धन ट्यांकी लगाइएको छ । एबिएसको विशेषताययुक्त बाइकमा ५ स्पिड ट्रान्समिसनको सुविधा छ । यसमा उपलब्ध ८८३ एयरकुल्ड सीसीको इन्जिनले ३५ सय आरपीएममा ७० एनएम टर्क उत्पादन गर्छ भने ५५ सय आरपीएममा ५०।६ पीएस पावर जेनेरेट गर्छ । यस्तै कम्पनीले ग्राहकको माग अनुसार महंगा मोटरसाइकल समेत आयात गर्दै आएको छ ।

३. होन्डा सीबीआर ६०० आरआर
होन्डाले महङ्गो मूल्यको सिबीआर ६०० आरआर बाइक ३४ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । यो बाइकमा ५९९ सीसीको रेस रेडी लिक्वीड कूल्ड डिओएचसी १६ भल्भ इनलाइन फोर सिलिन्डर इन्जिन लगाइएको छ । यो इन्जिनले १३ हजार ५ सय आरपीएममा ११८ हर्ष पावरका साथै ११ हजार २ सय ५० आरपीएममा ६६ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । २०३० एमएम लम्बाई, १११५ एमएम उचाई, ६८५ चौडाइ भएको यस बाइकमा १३५ एमएमको ह्वीलवेश र १३७५ एमएमको ह्वीलवेश दिइएको छ ।

४. बेनेली टीएनटी ६०० आई
बेनेलीले नेपाली बजारमा बिक्री गर्दै आएको टिएनटी ६०० आइलाई पनि महङ्गो मूल्यको बाइकको सुचिमा राखिन्छ । यसको मूल्य २१ लाख रुपैयाँ रहेको छ । यसमा उपलब्ध ६०० सीसीको फ्युल इन्जेक्टेड इन्जिनले १० हजार ५०० आरपीएममा ५६ एनएम टर्कका साथै ११ हजार ५ सय आरपीएममा ८६.२४ हर्ष पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसमा डबल च्यानल एबिएस, हेडल्याम्प, एनालग टेकोमिटर, हेलोजन लाइट लगायतका विशेषता दिइएको छ ।

५. बिएमडब्ल्यु जी ३१० जीएस
यो बाइक ११ लाख नेपाली रुपैयाँमा बिक्री भइरहेको छ । बिएमडब्ल्यू जी–३१० जीएसमा उपलब्ध ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इन्जिनले ३४ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । कम्पनीले यसमा ड्यूल च्यानल स्वीच गर्न सकिने सिस्टमसहितको स्ट्यान्डर्ड एबीएस दिएको छ । यसको लम्बाई २०७५ एमएम, चौडाई ८८० एमएम, उचाई १२३० एमएम रहेको छ । यी बाहेक नेपाली बजारमा अन्य महंगा मोटरसाइकल समेत उपलब्ध रहेका छन् । सुजुकी हायावुसा, डुकाटी मनस्टर, बीएमडब्ल्यू १००० आर, बेनेली टीआरके जस्ता थुप्रै मोटरसाइकल नेपाली बजारमा बुकिङ गरेर खरिद गर्न सकिने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु