हास्य टेली शृंखला सक्किगो नि पुग्यो हिमालय टेलिभिजनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेली शृंखला सक्किगो नि यतिबेला हिमालय टेलिभिजन पुगेको छ । नेपाल टेलिभिजनले आफूहरूलाई बेवास्ता गरेपछि नेपाल टेलिभिजन छाड्नुपरेको निर्माता कलाकार कुमार कट्टेल (जिग्री)ले बताएका छन् । सोमबार काठमाडौंंमा एक पत्रकार भेटघाट आयोजना गर्दै जिग्रीले अबबाट हास्यप्रधान टेली शृंखला सक्किगो नि नेपाल टेलिभिजनबाट बाहिरिएको बताए । यसै प्रसंगमा उनले भने, ‘हाम्रो टेली शृंखला गत चैतको दोस्रो साताबाट बन्द भएको हो । सक्किगो नि बन्द भएको आठ महिना बितिसक्दा पनि नेपाल टेलिभिजनले कार्यक्रमको प्रसंगमा हामीलाई एकपटक पनि फोन गरेन,’ उनले अगाडि थपे, ‘हाम्रो कार्यक्रम प्रसारण हुने समयमा हामीलाई जानकारी नै नदिई अर्को कार्यक्रम हालेपछि बाध्य भएर अर्को टेलिभिजन जानुपरेको हो । नेपाल टेलिभिजनबाट प्रसारण हुनेमध्ये सबैभन्दा बढी टीआरपी दिने कार्यक्रमलाई नै नेपाल टेलिभिजनले बेवस्ता गर्छ भने अरूले कस्तो व्यवहार भोग्नुपरेको होला ?’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल टेलिभिजनबाट लामो समयसम्म टेली शृंखला भद्रगोल प्रस्तुत गर्दैै आएपछि आफूहरूको मिडिया हबसँग सम्बन्ध बिग्रिएको त्यसपछि यो नयाँ टेली शृंखला सक्किगो नि जन्मिएको निर्माता कलाकार अर्जुन घिमिरेले बताए । नेपाल टेलिभिजनबाट २५ भागसम्म प्रसारण भइसकेको यो कार्यक्रम आगामी २५ मंसिर बेलुका ८ बजेबाट प्रसारण हुने पनि घिमिरेले जानकारी गराए । अब सक्किगो नि हरेक साता बिहीबार आउने पनि उनले जानकारी गराए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु