कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ माटर्सले अमेरिकन डिजाइनमा बनेको एसयूभी प्लासाइड नेपाल आउने भएको छ । हुन्डाइ मोटर्सको नेपालका लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आगामि अंग्रेजी नयाँ वर्षमा प्लासाइड नेपाली बजारमा ल्याउने जनाएको छ । सन् २०१८ को लसएन्जलस अटो शोमा पहिलो पटक देखाएको प्यालासाइड ७ सीटर एसयूभी हो । अमेरिकी सहर लसएन्जलसको प्लासाइड भन्ने ठाँउको नाम दिएको प्यासाइड अमेरिकी बजारमा ३.५ लीटर, ३.८ लिटर पेट्रोल भीसीक्स इन्जिन तथा २।२ लीटर सीआरडीआई डिजल इन्जिनमा उपलब्ध रहेको छ । जसले २७३ पीएस पावर तथा ३३५ एनएम टर्क उत्पादन गर्छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेपाली बजारमा भने २.२ लिटरको इन्जिन अप्सनमा यो एसयूभी आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा ४४१ एनएम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । प्लासाइडको लम्बाइ ४ हजार ९८० एमएम, चौडाइ १ हजार ९७५ एमएम, उचाइ १ हजार ७५० एमएम रहेको छ । यो एसयूभीको ह्वील बेस २ हजार ९०० एमएम रहेको छ । आधुनिक फिचरहरुले सुसज्जीत यो एसयूभी सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्ड युक्त रहेको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, फोर्डको इन्डेभरसँग हुने छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य १ करोड ५० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।



JUNGLE






from the
city


