हुन्डाईले सन् २०२१ मा अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागेको आफ्नो सबैभन्दा सानो एसयूभी कोरियाको विभिन्न स्थानमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएको थियो । सानो साइज भएपनि निकै मस्कुलर बडी डिजाइनमा आएको नयाँ माइक्रो एसयूभी कभरले ढाकिएको अवस्थामा देखिएको थियो । यद्यपी कम्पनीले ‘एक्स वान’ कोड नेममा यसको आन्तरिक उत्पादन भइरहेको छ । यसको वास्तविक स्वरुप कस्तो छ भन्ने विषयमा अहिल्यै बाहिर नआएको भएपनि एसआरके डिजाइन हाउसले यसको संभावित पूर्ण डिजाइन बाहिर ल्याएको छ । उक्त डिजाइनलाई आधार मान्दा नयाँ माइक्रो एसयूभी निकै उत्कृष्ट देखिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भेन्यूभन्दा निकै सानो र सस्तो हुन सक्ने यो माइक्रो एसयूभी विशेषत दक्षिण एसियाली बजारलाई ध्यानमा राखेर उत्पादन भइरहेको अनुमान गरिएको छ । अगाडिको ग्रिल निकै ठूलो दिइएको देखिन्छ । निकै तल्लो भागमा प्रयोग भएको हेडल्याम्प, ग्रिलसँगै जोडिएको एलइडी डे टाइम रनिङ लाइट, विल्कुलै नयाँ ग्रिलले अगाडिको भागलाई निकै फरक बनाएको छ । अगाडि प्रयोग भएको स्कीड प्लेट, ठूलो आर्क ह्वील, आकर्षक अलोय ह्वील, रुफरेल, सार्क फिन एन्टेना जस्ता फिचरले यसलाई उत्कृष्ट देखाएको छ ।नेपालमा हुन्डाईका उत्पादन निकै सफल रहेका छन् । यस्तोमा कम्पनीले भविष्यमा ल्याउने नयाँ माइक्रो एसयूभी पनि निकै प्रतिक्षित मोडल हुने अनुमान गर्न सकिन्छ ।



JUNGLE






from the
city


