हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक कार कम्पनीको ४५ ईभी कन्सेप्टमा आधारित छ । हुन्डाईले सो सानो इलेक्ट्रिक कारको नाम अझै केही पनि दिएको छैन । सो कार आकर्षक डिजाइनमा उपलब्ध हुनेछ र धेरै स्थानमा रेड एक्सेन्ट हुनेछ । हुन्डाईले ४५ ईभी कन्सेप्टलाई जर्मनीको फ्रयांकफर्टमा सम्पन्न २०१९ इन्टरनेसनल मोटस शोमा प्रदर्शन गरेको थियो । यसको वाहिरी भागमा सिग्नेचर काइनेटिक ल्युब ल्याम्प छ । यसलाई ओरेन्ज एक्सेन्ट सहितको पर्फमेन्स ब्लु रङमा दिइएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसको सानो इन्जिनमा डीसी मोटर लगाइएको छ, जसले गर्दा यसको अधिकतम गति ७ किमी प्रतिघण्टा सम्म पुग्न सक्छ । कम्पनीका अनुसार सो कार ‘विशेष’ व्यक्तिहरुका लागि मात्र निर्माण गरिएको हो र यसमा मोटर स्पोर्टबाट प्रेरित एक सिट मात्र राखिएको छ । यसको डिजाइनलाई ध्यानमा राखेर यसमा काठ समेत प्रयोग गरिएको छ । हुन्डाईले यसको कुनै आधिकारिक रेन्जको समेत जानकारी दिएको छैन । अगाडि बढ्नका लागि यसमा इमोसन अड्याप्टिभ भेइकल कन्ट्रोल टेक्नोलोजी प्रयोग गरिएको छ ।



JUNGLE






from the
city



समग्रमा भन्दा हुन्डाईले यो कार बालबालिकालाई ध्यानमा राखेर बनाएको हो । यसकारण नै यसको डिजाइन फंकी छ भने यसमा प्रयोग गरिएका टायर पनि आकर्षक छन् । यसमा ओपन रुफ राखिएको छ भने सबै दृष्टिकोणबाट हेर्दा फ्युचरिस्टिक देखिन्छ । यसको अघिल्लो भागको डिजाइन सार्प छ भने दुई वटा हेडलाइट राखिएको छ । यद्यपि यो बिक्रीका लागि उपलब्ध हुने हो वा होइन भन्ने जानकारी समेत सार्वजनिक गरिएको छैन ।