हुम्लामा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । हिमाली जिल्ला हुम्लामा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । मंसिर महिनामा माइनस ६ डिग्री सेसिल्यस पुगेको हुम्लाको तापक्रम पुस महिनामा माइनस ९ डिग्री सेसिल्यसमा झरेपछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो बढेसँगै स्थानीय बासिन्दा आगो तापेर बस्न थालेका छन् । चिसोका कारण विहान बेलुका बुद्धबृद्धा बालबालिका आगो बाल्दै बस्न थालेको हुम्लाका स्थानीय सूर्यबहादुर बमले बताए । उनले भने, “गाउँमा हिटर, ग्याँस चुलो पाइँदैन । आगो तापे मात्रै चिसो थेग्न सकिन्छ ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दाउरा ल्याउनै सकस
हुम्लाका स्थानीय जाडो समयमा दाउरा ल्याउन सकस भएको बताउँछन् । हुम्लाका अधिकांस गाउँमा ग्याँस पुगेको छैन । खाना दाउरामै पकाउँनु पर्छ । जाडोको समयमा दाउरा खोज्न लेकमा जानुपर्छ, ‘हुम्ला जैरका स्थानीय दानसिङ रावतले भने, “आजभोलि जताततै बरफ जमेको छ । दाउरा खोज्न जाँदा भेटाइँदैन, भेटाइए पनि भिजेको हुन्छ । त्यस्ता दाउराले आगो बल्दैन । पहिला ल्याएका दाउरा सबै सकिँदै गए । गाउँमा ऐचोपैंचो गर्दै काम चलेको छ । घाम लागेको दिनमा दाउरा खोज्न जाने हो । एकातिर जाडो थेग्न आगो ताप्नुपर्छ, अर्कातिर खाना पकाउन पनि आगै चाहिन्छ ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बरफ जमेर धारामा पानी आउँदैन
चिसो बढे पछि विहान बेलुका जाडोले धारामा पानी आउँदैन । धाराको पानी बरफ परिणत हुन थालेको छ । कर्णालीको पानीमा पनि बरफ जमेको छ । यसले पानीको समस्या पनि निम्तिएको स्थानीय बताउँछन् । पानी जम्दा विहान बेलुका खाना पकाउन र पानी पिउन समस्या भएको उनीहरुको भनाइ छ । “शौचालय जानसमेत अप्ठेरो परेको छ,” स्थानीय रामदेवी बम भनिछन्, “चिसोका कारण बाक्ला र न्यानो कपडा लगाउनु पर्छ । बजार टाढा छ । कपडा किन्न जान पनि सम्भव छैन ।”

हुम्ला सर्केगाड गाउँपालिका–१ का वडा अध्यक्ष गोकुल बुढाका अनुसार वडा कार्यालयलगायत सरकारी कार्यालयमा पनि आगो बाल्नुपर्ने अवस्था छ । गाउँका सरकारी कार्यालयमा पनि हिटर, ग्यास छैन । यसैले यो जाडोको समयमा सबै क्षेत्र प्रभावित भएको छ । काठका घर हुने भएकाले आगो बालेर ताप्दा आगलागिको जोखिम हुने अध्यक्ष बुढा भन्छन् । सोमबार हुम्लाको तापक्रम माइनस ९ डिग्री सेल्सियस पुगेको थियो । जाडो छल्न स्थानीय बेसी झर्न थालेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु